पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले पक्राउ परेका दुई जना पत्रकारलाई रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार सर्बोच्च अदालतका न्यायाधीश ईश्वरी प्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको सयुक्त इजलासले उज्ज्यालो नेटवर्कका पत्रकार अनिस तामाङ र प्रभात तामाङलाई रिहा गर्न आदेश दिएको हो ।

पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले पक्राउ परेका पत्रकारहरुलाई रिहा गर्न माग गर्दै रिट दर्ता गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेका थिए ।

प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ ।