पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले सदनमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन’, महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।’

उक्त विज्ञप्ति मार्फत् पहिलो चरणको आन्दोलन सफल गराउन सहयोग गर्ने सबैलाई महासंघले धन्यवाद समेत दिएको छ ।

जेठ ६ गतेदेखि २५ गतेसम्म आन्दोलन गर्ने महासंघको निर्णय छ । जसअनुसार सोमबार र मंगलबार महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्शका कार्यक्रम छ ।