एभिन्यूज टेलिभिजनका पत्रकार कुटिए

एभिन्यूज टेलिभिजनका पत्रकार कुटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – नेपालगञ्जमा पत्रकारमाथि कुटपटि भएको छ । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भीम पौडेललाई बुधबार दिउँसो नेपालगञ्जको बाटिका होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्ने क्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोबाइलसमेत क्षतिग्रस्त भएको छ । केही समय पहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराइदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो ।

त्यही समाचारको भिडियो लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई हातपात र क्यामरा खोसेका थिए । उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुईजना पक्राउ गरिएको जानकारी दिए ।