काठमाण्डु- नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरूले आज कपिलवस्तुमा सुरु महासंघको बैठक बहिष्कार गरेका छन्। आज बैठक सुरु हुनासाथ केन्द्रीय सदस्यहरूले महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको आरोप लगाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन्।
मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रमलाई मान्यता दिएको घटना छानबिन हुनुपर्ने महासंघका केन्द्रीय सदस्यहरूले माग गरेका छन्।




प्रतिक्रिया