काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको सञ्चार विज्ञमा लेखक तथा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ ।
आयोगको जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्धेश्यका साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ ।
राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचिका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन् । अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए ।




प्रतिक्रिया