काठमाडौं – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता शर्माको बुधबार निधन भएको हो ।
केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा मनमोहन कार्डियोथोरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो ।
इलाम जिल्लामा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ समेत हुन् । शर्माका दुई छोरा र एक श्रीमति छन् ।




प्रतिक्रिया