रामचन्द्र पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

रामचन्द्र पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मत पाएका थिए ।