काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
शनिबार शीतल निवासमा सांसदहरुका लागि आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको बताएका हुन् ।
संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनितक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाण्डु आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले चियापान तथा भेटघाटको लागि शीतलनिवासमा बोलाए हुन् ।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न उक्त कार्यक्रम आयोेजना गरेका थिए ।




प्रतिक्रिया