राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाण्डु-  भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएकाे नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनि उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement