विदेशिने क्रम रोक्न रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी छ: राष्ट्रपति पौडेल

विदेशिने क्रम रोक्न रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी छ: राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली विदेशिरहेको भन्दै यसलाई रोक्न स्वदेशमै रोजगारी र सिपमूलक शिक्षा दिनुपर्ने बताएका छन् ।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोलाई सम्बोधन गर्दे राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए ।

पौडेलले गाँउमा विकासको उपभोग गर्ने मानिसको अभाव भएको भन्दै नीति निर्माण र साशनसत्तामा बस्नेहरुले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

“गाउँमा मोटर पुग्यो । बिजुली बल्यो, सञ्चार, स्वस्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू गाउँमा पुगे । तर गाउँ रित्तो भइसक्यो,त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो । आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासनसत्तामा बस्ने सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ । शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवा ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सिपमूलक शिक्षा दिन जरुरी छ ।”, उनले भने ।