काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका हुन् ।
‘आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सु-झाव दिन्छु,’ राष्ट्रपति पौडेलले भने
राष्ट्रपति पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै गएको देखिनु दुःखद् भएको बताए का छन् ।




प्रतिक्रिया