दुई सय किलोको माला लगाउदैँ पौडेलले भने- गठबन्धन लामो समय टिक्दैँन

दुई सय किलोको माला लगाउदैँ पौडेलले भने- गठबन्धन लामो समय टिक्दैँन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ ।

एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् । त्यस क्रममा उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन जुनसुकै बेला फुट्न सक्ने बताए ।

उनले पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने दावी गरे । गठबन्धन फुटेपछि नेकपा एमालेले सत्ताको लागि सोच्ने उनको भनाइ छ । पौडेलको स्वागतका लागि जनकपुर विमानस्थलमा बाक्लो संख्यामा एमाले कार्यकर्ताको उपस्थिति थियो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीलाई बोलाइए पनि अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भइको थियो ।

ओलीको स्वागतका लागि मालासहित पुगेको जनकपुरधाम उपमहानगरपालिका कमिटीले विमानस्थलमा मात्रै ओली नआउने थाहा पाएको थियो। ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरुले बताएका छन् ।