राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता गरेका छन् । आइतवार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच मुलुकको संसद्को गतिरोधलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।