पल शाहलाई थुनामा पठाउन अदालतको आदेश


काठमाण्डु – जिल्ला अदालत तनहुँले बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रतिवादीद्वय पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग भने लाख रुपैयाँ धरौटी मागिएको छ ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement