पल प्रकरणः नाबालिगले बयान फेरेपछि पूजाले दिइन भगवानलाई धन्यवाद


काठमाण्डु – पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकाणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।

पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् ।

उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै उनको पक्षमा रहेकी थिइन् ।

आइतबार पलविरुद्धको बयान पीडित भनिएको पक्षबाट गरिपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’

प्रतिक्रिया दिनुहोस
Advertisement