पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?


काठमाण्डु – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकएको हो ।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ । तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए ।

गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो । तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो । आज दुवै मुद्दा एकसाथ पेश गरिएको छ ।

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने पलको माग छ । नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन् । जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement