पल शाहलाई १० लाख क्षतिपूर्ति र अढाई वर्ष जेल सजाय तोकियो


काठमाण्डु – नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।

मंगलवार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरमा नायक शाहलाई दुई वर्ष ६ महिनाको जेल सजाय तोकेको हो । साथै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । तर, जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिइएको हो ।

ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् । उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement