अभिनेता पल शाहलाई पक्राउ गर्न सर्कुलर जारी


काठमाण्डु – प्रहरीले चर्चित अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको हो ।

जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । अभिनेता पल शाहले नाबालिक किशोरीमाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले पीडित युवतीका बुबाले आजै तनहुँमा किटानी जाहेरी दिएका थिए ।

यता, शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी ती किशोरीले मेडिकल चेकअप मेत गराइसकेकी छन् । उनले शाहले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement