पल शाहले भने- दुर्गेससहित ४ जनाले गायिकालाई मेरोविरुद्ध उचाले


काठमाण्डु – चर्चित अभिनेता पल शाहले सामाजिक सञ्जालमा भाइरल भैरहेको अडियोबारे फेरी मुख खोलेका छन् । उनले आफूविरुद्ध उजुरी दिने गायिकालाई केही व्यक्तिले उकासेकोसमेत आरोप लगाएका छन् ।

बिहिबार बिहानै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पलले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

‘केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारीद्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ,’ पलले भने, ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । १.साथी दुर्गेश थापा, २.ठुल्दाई सरोज ओलि, ३.भाई कृष्ण जोशी, ४.सम्राट चौलागाई ।’

आफू दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement