प्रहरीसामु आफैं उपस्थित हुने पल शाहको घोषणा


काठमाण्डु – अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज आइतबार आफैं प्रहरीसामू उपस्थित हुने घोषणा गरेका हुन् ।

उनले आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको र चलचित्र ‘म यस्तो गित गाउछु २’ लाई असर नपरोस भनि आफु प्रहरीसमु उपस्थित हुन नसकेको बताएका छन् । पल अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि देशैभर प्रदर्शन भयरहेको छ ।

उनले माफी माग्दै भनेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।’

एक गायिकालाई बलात्कार गरेको आरोप लागेका नायक पल शाह बुधबारदेखि फरार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement