पल शाह र दुर्गेश थापाको टोलीद्वारा बाग्लुङका बाढी पीडितलाई सहयोग

पल शाह र दुर्गेश थापाको टोलीद्वारा बाग्लुङका बाढी पीडितलाई सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाम्रो टिम नेपालले बाग्लुङको ढोरपाटन नगरपालिकाका बाढी प्रभावित घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ढोरपाटन नगरपालिका ८ र ९ का बाढी प्रभावितलाई हाम्रो टिम नेपाल, पल शाह प्रतिष्ठान र दुर्गेश थापा ग्रुप लगायतका टोलीले बिहीबार बाग्लुङमा राहत वितरण गरेको हो ।

उनीहरूले ३० बोरा चामल, २५ सेट डसना नुन–तेल दाल लगायतका खाद्यान्न प्रदान गरेको हाम्रो टिम नेपालका सचिव एल एस धामीले जानकारी दिए ।

त्यसै गरि उनले पीडित परिवारका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै ५० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए । हाम्रो टिम नेपालले विगत केही महिनादेखि काठमाण्डु उपत्यकामा रहेका भोका परिवारलाई खाना खुवाउँदै आइरहेको छ ।