अभिनेता पल शाह प्रहरी नियन्त्रणमा


काठमाण्डु – चर्चित अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभिनेता शाहलाई आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको छ ।

 शाह आफै प्रहरी समक्ष आएपछि नियन्त्रणमा लिइएको तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । अभिनेता पलले आज बिहान मात्रै फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए ।

एक नाबालिग गायिकाले चार दिनअघि दमौली प्रहरीमा जाहेरी दिएयता पल फरार थिए । उनलाई पक्राउ गर्न काठमाण्डुमा प्रहरीका पाँच टोली खटाइए पनि फेला परेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement