पल शाह प्रकरणमा नयाँ ट्विस्टः नाबालिग गायिकाले फेरिन् बयान


काठमाण्डु- अभिनेता तथा कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

जिल्ला अदालत तनहुँमा जारी बकपत्रमा पीडित भनिएकी ती नाबालिगले बयान फेरेकी हुन् । पीडित बालिकाले बायन फेरेको उनी निकट एक कानुन व्यवसायीले बताए ।

‘बालिकाले बयान फेरेकी छन् । उनले पलले बलात्कार गरेको नभइ आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिइन्,’ ती वकिलले भने । उनको बयानले पल शाह पक्षमा खुसीयाली छाएको छ।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवै अदालतले उक्त प्रकरणको प्रारम्भिक सनुवाइ गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement