साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी


मुम्बई – विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ ।

प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा घाइते भए भन्ने कुरा प्रहरीले खुलाएको छैन । पवनले कुन जनप्रतिनिधि र प्रहरी अधिकारीमाथि आक्रमण गरे भन्ने कुराको पनि जानकारी दिएको छैन ।

यो मामिलामा मुख्यमन्त्री जगन मोहन रेड्डीको निर्देशनमा प्रहरीले पवनलाई उनको होटल बाहिर निस्कन र जनवाणी कार्यक्रम गर्न रोक लगाएको छ । पवनले यो कार्यक्रम नागरिकको गुनासो सुन्नलाई आयोजना गरेका थिए । प्रहरीले जनसेनाका नेता तथा कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।

पवनले भने एक ट्विट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु अनुचित रहेको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement