अनुरागमाथि लाग्यो यौन दुव्र्यवहारको आरोप, कारबाही गर्न पायल घोषले गुहारिन मोदी


एजेन्सी – अभिनेतृ पायल घोषले फिल्म निर्माता अनुराग कश्यपलाई यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । पायल घोषले ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्दै कश्यपमाथि कारबाही गर्न माग गरेकी छन् ।

‘अनुराग कश्यपले मलाई जबरजस्ती गरे । नरेन्द्र मोदीजी तपाईहरुलाई अनुरोध गर्दैछु कि उनलाई कारबाी गर्नुहोस् र देशलाई वास्तविकता के हो थाहा दिनुहोस्’, उनले भनेकी छन्, ‘मलाई थाहा छ कि यो भन्नु मेरो लागि हानिकारक छ र मेरो सुरक्षा जोखिममा छ । कृपया सहयोग गर्नुहोस् ।’

पायलको यो ट्वीटपछि अभिनेत्री कंगना रनौतले रिट्वीट गर्दै अनुरागलाई गिरफ्तार गर्न माग गरेकी छन् । उनले भनेकी छन्, ‘हरेक आवाजले फरक पार्छ । #MeToo #ArrestAnuragKashyap

अनुराग कश्यपले पायलको आरोप अस्वीकार गरेका छन् । उनले महिला भएका कारण गलत आरोपमा महिलाहरुले नै पक्षपोषण गरेको आरोप लगाएका छन् । उनले यौन दुव्र्यवहारको आरोप लगाए पनि आफू भाग्न तयार हुने बताएका छन् ।

‘कुरा के हो ? मलाई शान्त पार्न यत्रो समय लाग्यो ? आऊ, केही पनि छैन । मलाई शान्त पार्ने क्रममा उनले यति धेरै झूट बोलिन कि उनी एक महिला भएकोले अन्य महिलाहरूले पनि साथ दिए’, उनले भनेका छन्, ‘थोरै विनम्र हुनुहोस्, महोदया ! म केवल यो भन्छु कि तपाईका सबै आरोपहरु निराधार छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement