घरमै पुगेर पीसीआर परीक्षण गर्दा थप ५ सय शुल्क लाग्ने

घरमै पुगेर पीसीआर परीक्षण गर्दा थप ५ सय शुल्क लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले घरमै पुगेर पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको घरमा पुगेर पीसीआर परीक्षण गर्ने जनाएको हो ।

मन्त्रालयले घरमै पुगेर स्वाब संकलन गर्नुपरे थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

अशक्त र जटिल बिरामीका लागि स्वाब संकलन टोली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।