प्याब्सन अवैधानिक !

प्याब्सन अवैधानिक !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४ औं महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउदै गृह मन्त्रालयमा उजुरी परेको छ । महाधिवेशनका केही असन्तुष्ट उम्मेद्धवारले तत्कालीन अध्यक्ष विजय सम्वाहाम्फेविरुद्ध उजुरी दिएका हुन ।

नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफुहरुमाथी कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिएका रत्न महर्जन र उपाध्यक्षको उम्मेद्धवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दावी छ ।

उजुरीमा वैधानिक उम्मेद्धवारहरुको सहमतिवेगर अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्ष लगायत अन्य पद संख्या थपी मनोनयननै दाखिला नगरेका व्यक्तिहरुसहितको नामावलीलाई नयाँ कार्यसमितिको नाममा घोषणा गरिएको आरोप लगाइएको छ ।

उजुरीकर्ताले अधिकार सम्पन्न निर्वाचन समितिको असहमतिका बाबजुद मनोमानी ढंगले पेश गरिएको नयाँ कार्यासमितिको कुनै वैधानिक आधार नदेखिएकोले अधिकार सम्पन्न निर्वाचन समितिबाटै यथासिघ्र निर्वाचन गराउन प्रचलित ऐन कानुनबमोजिम आदेश निर्देशन जारी गर्न माग गरिएको छ । यो समाचार आजको समाचारपत्रमा छ ।