बहुविवाह बढ्दो: पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

बहुविवाह बढ्दो: पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेखी महिलाहरु बहुविवाहको चपेटामा परेका छन्। यहाँका महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन् । आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ ।

त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन् ।प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३–४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन् ।

बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउँछन् । यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उनको ठम्याइ छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ।