सञ्चालनमा आयो प्रधानमन्त्री निवासमा ‘पिपल्स लाइब्रेरी’

सञ्चालनमा आयो प्रधानमन्त्री निवासमा ‘पिपल्स लाइब्रेरी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । आह्वानबमोजिम पुस्तक उपहार दिने क्रम जारी छ ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्र्री ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिएका छन् ।

पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।