सेनाले नागरिक सैनिक सम्बन्धलाई थप मजबुत बनाउदै लैजाने


काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा जङ्गी अड्डामा शुभारम्भ भएको दुईदिने ‘पृतनापति समन्वयात्मक बैठक मंगलबार समापन भएको छ ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो ।

सम्मेलन कै क्रममा, नागरिक सैनिक सम्बन्धलाई थप मजबुत बनाउदै लैजाने तथा अन्य सुरक्षा निकायहरुसंगको संबन्धलाई अझ प्रगाढ एवं विश्वसनीय बनाउने विषयमा समेत छलफल भएको थियो ।

ताप्लेजुङ्ग हेलिकोप्टर दुर्घटनाको कारण केहि समय स्थगित भई आज संचालन भएको उक्त बैठकमा पि.एस.ओज रथीबृन्द तथा पृतनापतिहरु सहभागी भएका थिए। भने प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement