काठमाडौं – उपत्यका पृतना हेडक्वाटरको पेरिमिटर बाहिर लाजिम्पाट चोकदेखि नेपाल क्याभ्लरीको गेटसम्म ४७ बटा विभिन्न विरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ । बिहीबार उपत्यका पृतनाका पृतनापति उपरथी निरन्जनकुमार श्रेष्ठको निर्देशनमा विरुवा रोप्ने कार्य सम्पन्न भएको हो ।
नारायणहिटी ब्यारेकमा अवस्थित सम्पुर्ण निर्देशनालय, शिक्षालय, गणहरु र गुल्मका सकलदर्जाहरु तथा लक्ष्मी बैंकका अफिस्टीङ सिइओ सुमेध भट्टराई लगायतको अन्य स्टाफहरुको उपस्थितीमा उपत्यका पृतना हेडक्वाटरको पेरिमिटर बाहिर लाजिम्पाट चोकदेखि नेपाल क्याभ्लरीको गेटसम्म ४७ बटा विभिन्न विरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ ।
साथै उक्त कार्यको सफलताको लागी किर्तिदल गणले विरुवाहरु र लक्ष्मी बैंकले प्लान्ट क्याज उपलब्ध गराएको थियो ।






प्रतिक्रिया