पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट– पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज रौतहटको राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् ।

भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको छ ।

उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।