काठमाण्डु – प्रहरीले मकवानपुर र बागलुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानीस्थित गोरेटो बाटो छेउबाट पेस्तोल २ थान र म्याग्जिन २ थान आईतबार बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले पेस्तोल फेला पारी बरामद गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–६ चामिद्धारास्थित चामिद्धार सार्वजनिक जंगलबाट एकनाले भरूवा बन्दुक ४ थान आईतबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको छ ।
बरामद हतियार सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया