बसपार्कको होटलबाट ३ जना पेस्तोलसहित पक्राउ

बसपार्कको होटलबाट ३ जना पेस्तोलसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको नयाँ बसपार्कबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ काठमाडौँ महानगरपालिका २६ मित्र नगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटेलबाट पेस्तोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ वर्षीय प्रितम राई, ३७ वर्षीय राम कुमार राई र भारत दार्जि्लिङ घर भई काठमाडौँ टोखा बस्ने ३६ वर्षीय सविन खवास रहेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट मेड इन इटाली लेखिएको अटोमेटिक पेस्तोल एक थान र पेस्तोल लाग्ने गोली ५ राउन्ड र बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाइकल समेत बरामद गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।