कटुवा पेस्तोल सहित एक जना पक्राउ


बारा – बारामा कटुवा पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारागढी गाउँपालिका-१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवालाई कटुवा पेस्तोल १ थान सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement