कटुवा पेस्तोल सहित एकजना पक्राउ

कटुवा पेस्तोल सहित एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – जनकपुर उपमहानगरपालिका-१९ बाउन्न बिगाहाबाट १ थान कटुवा  पेस्तोल  सहित प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका-१९ बाउन्न बिगाहाबाट कटुवा पेस्तोल १ थान सहित सोही उपमहानगरपालिका-१ बस्ने जनकनन्दनी गाउँपालिका-१ घर भएका श्याम सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हछ ।

बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २-०२-००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।