कटुवा पेस्तोलसहित २ जना पक्राउ

कटुवा पेस्तोलसहित २ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटमा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।