न्यायाधीशका सुरक्षा गार्ड रनिताको पेस्तोल चोरेर प्रेमी फरार !

न्यायाधीशका सुरक्षा गार्ड रनिताको पेस्तोल चोरेर प्रेमी फरार !


काठमाडौं – उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डका प्रमी पेस्तोल चोरर फरार भएका छन् । घिमिरेको सुरक्षामा खटिएकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी पेस्तोल बोकेर फरार भएका हुन् ।

उनले ७ राउन्ड गोली लोड भएको पेस्तोल बोकेर फरार भएका हुन् । उनीहरु दुवैजना केहीदिनदेखि जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएका थिए ।

उनका प्रेमीको अर्का युवकसँग विवाद भएको बुझिएको स्रोतले जनाएको छ । प्रहरीले जवान केवटलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।