फेरि बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ । एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।