काठमाण्डु – पेट्रोल र मट्टितेल पनि एउटै पाइपलाइनबाट ल्याउन निगमले प्रक्रिया थालेको छ । यसका लागि निगमले भारतीय आयल कर्पोरेसनकै सहयोगमा प्रक्रिया अघि बढाइसकेको छ । अहिलेसम्म पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादव अबको डेढ वर्षमा एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आउन सुरु हुने बताउँछन् ।
परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ लिन भारततर्फ पुग्न नपर्ने उनको विश्वास छ । यसबाट निगमले मासिक थप ११ करोड बचत गर्नसक्ने उनले जानकारी दिए ।
सो परियोजनाका लागि भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज डिपोका प्राविधिकलाई तालिमसमेत प्रदान गरिसकेको छ । यादवको नेतृत्वमा प्राविधिक टोली गत हप्ता भारत गएको थियो । प्राविधिकको टोलीले डिजेल, पेट्रोल र मट्टितेललाई फरक फरक भण्डारण टङ््याकीमा राख्ने सम्बन्धमा प्रत्यक्ष अवलोकन गरेको थियो ।




प्रतिक्रिया