भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति ?


काठमाण्डु- भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको हो । यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको छ ।

२० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ लाखमा झारेको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement