साझाको बल्खु पेट्रोल पम्पमा २४ घण्टै पेट्रोलियम पदार्थ वितरण सुरु

साझाको बल्खु पेट्रोल पम्पमा २४ घण्टै पेट्रोलियम पदार्थ वितरण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट आज बुधबारदेखि २४ घण्टै पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवाको सुरुआत गरेका छन् ।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावट लगायत सबै कुरामा सुधारको खाँचो औंल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ २४ घण्टै वितरण गर्ने कार्यको शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ ।

कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीकाप्रसाद भट्ट लगायत सहभागी थिए ।