काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्यसूची मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटेको छ । यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँमा बिक्री भइरहेकोमा अब १६० रुपैयाँमा झरेको छ ।
डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँबाट घटेर १४८ रुपैयाँमा झरेको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट ३१ असारमा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको छ ।





प्रतिक्रिया