पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आईतबार बिहानदेखि लागू हुने गरी नियमले मूल्य बढाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

‘इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।