पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निगमको निर्णय

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निगमको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढेर आएको निगमले जनाएको छ ।

पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले वृद्धि भए पनि निगमले मूल्यवृद्धि नगरी मूल्य यथावत् राखेको छ ।