पट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्यो, नेपालमा नबढ्ने

पट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्यो, नेपालमा नबढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ। तर, नेपालमा भने तत्काल मूल्यवृद्धि नहुने भएकोे छ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार  सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखिएके बताए। हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेलको मूल्य ९७ छ ।