१३ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

१३ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँका दरले १३ दिनमै मूल्य बढाएको हो ।

खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ । अब काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ ।