काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो ।
मूल्य बृद्धिपछि काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल तथा मट्टितेलको ११३ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८६ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलकाे मूल्य १२८, डिजेल र मट्टितेलकाे १११ रूपैयाँ थियो ।
निगमले एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।




प्रतिक्रिया