ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

ग्वार्कोको उज्ज्वल पेट्रोल पम्पमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी दिए । उनले भने, ‘पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।’