काठमाडौं – उच्च अदालत, पाटनले पेट्रोलियम पदार्थमा ठगी गर्दै आएको आरोप लागेका काठमाडौंका दुई पेट्रोल पम्पलाई शिलबान्दी गर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनले चुच्चेपाटी फ्युल सेन्टर र मैतीदेवी पेट्रोल सप्लायर्समा पेट्रोलियम पदार्थ बेचबिखन गर्न नपाउने गरी शिलबन्दी गर्न बुधबार नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुलाई आदेश दिएको हो ।
ती दुई पम्पहरुले उच्च अदालतमा हालेको मुद्दा खारेज गर्दै न्यायाधीशहरू श्रवणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले शिलबन्दी लगाउने निर्णयलाई कानुनसम्मत ठहर गरेर पम्पहरुको रिट खारेज गरिदिएको हो । उच्चको फैसलापछि अब दुवै पम्पमा पुनः शिलबन्दी हुनेछ ।




प्रतिक्रिया